विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान « Khabarhub

विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन आह्वान


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश तथा राति गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

भारी वर्षासँगै बाढी पहिरो र डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : ३२ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६