यस्तो थियो कालमाथिको जित « Khabarhub

यस्तो थियो कालमाथिको जित


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक महाराज युधिष्ठिर मन्त्रीसँत छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे ।

बदमास गुन्डाहरूले उनका गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्राह्मणलाई बाहिर प्रतीक्षा गर्न लगाए । मन्त्रीसँगको वार्तालापपछि युधिष्ठिरसित भेटघाटका लागि छिमेकी देशका राजदूत पुगे । त्यसपछि पनि अन्य भेटघाटमा व्यस्त हुँदाहुँदै उनले ब्राह्मणलाई समय दिन सकेनन् ।

अन्त्यमा सबै काम सिध्याएर निस्किँदा उनी थाकिसकेका थिए । उनले ब्राह्मणलाई भने- आज म निकै थाकेको छु । तपाईं भोलि आउनुस् है ! म अवश्य सहयोग गर्नेछु । युधिष्ठिर आराम कक्षतिर लम्किए । ब्राह्मण निकै दुःखी भए ।

बाहिर निस्किँदै गर्दा उनको भेट राजकुमार भीमसित भयो । भीमले उनको समस्या सोधे । ब्राह्मणले भीमलाई सबै बताए । जब युघिष्ठिरले भोलि बोलाएको उनले थाहा पाए, तब तत्कालै सैनिकलाई विजयको नगरा बजाउने आदेश दिए । तत्काल आदेश कार्यान्वयन भयो, दरबारका चारै दिशामा नगरा घन्किए ।

नगराको आवाज सुनेर युधिष्ठिर बाहिर निस्किए । उनले भीमलाई भेटे । उनले विजय नगरा बज्नुको कारण सोधे । भीमले भने- महाराज हजुरले कालमाथि विजय हासिल गरिबक्सेको खुसियालीमा यी नगरा बजाइएका हुन् ।

‘हँ, तिमी यो के भन्दै छौ ?’ युधिष्ठिरले छक्क पर्दै सोधे । हजुरले एक ब्राह्मणलाई भोलि बोलाउनुभएको रहेछ । त्यसको अर्थ, हजुरलाई आफू भोलिसम्म मर्दिनँ अर्थात् कालले छुन सक्दैन भन्ने पक्का रहेछ । त्यसैले, कालमाथिको विजयोत्सवमा यी नगरा बजेका हुन् महाराज ! भीमको कुरा सुनेपछि युधिष्ठिरलाई आफ्नो गल्ती महसुस भयो । उनले तत्काल ती ब्राह्मणको समस्या सुने र उचित सहायताको प्रबन्ध गरिदिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १ : ०९ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र