यस्तो थियो कालमाथिको जित | Khabarhub Khabarhub

यस्तो थियो कालमाथिको जित


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक महाराज युधिष्ठिर मन्त्रीसँत छलफल गर्दै थिए । एक ब्राह्मण गुनासो लिएर राजसभामा पुगे ।

बदमास गुन्डाहरूले उनका गाई खोसेर लगेका थिए । युधिष्ठिरले ब्राह्मणलाई बाहिर प्रतीक्षा गर्न लगाए । मन्त्रीसँगको वार्तालापपछि युधिष्ठिरसित भेटघाटका लागि छिमेकी देशका राजदूत पुगे । त्यसपछि पनि अन्य भेटघाटमा व्यस्त हुँदाहुँदै उनले ब्राह्मणलाई समय दिन सकेनन् ।

अन्त्यमा सबै काम सिध्याएर निस्किँदा उनी थाकिसकेका थिए । उनले ब्राह्मणलाई भने- आज म निकै थाकेको छु । तपाईं भोलि आउनुस् है ! म अवश्य सहयोग गर्नेछु । युधिष्ठिर आराम कक्षतिर लम्किए । ब्राह्मण निकै दुःखी भए ।

बाहिर निस्किँदै गर्दा उनको भेट राजकुमार भीमसित भयो । भीमले उनको समस्या सोधे । ब्राह्मणले भीमलाई सबै बताए । जब युघिष्ठिरले भोलि बोलाएको उनले थाहा पाए, तब तत्कालै सैनिकलाई विजयको नगरा बजाउने आदेश दिए । तत्काल आदेश कार्यान्वयन भयो, दरबारका चारै दिशामा नगरा घन्किए ।

नगराको आवाज सुनेर युधिष्ठिर बाहिर निस्किए । उनले भीमलाई भेटे । उनले विजय नगरा बज्नुको कारण सोधे । भीमले भने- महाराज हजुरले कालमाथि विजय हासिल गरिबक्सेको खुसियालीमा यी नगरा बजाइएका हुन् ।

‘हँ, तिमी यो के भन्दै छौ ?’ युधिष्ठिरले छक्क पर्दै सोधे । हजुरले एक ब्राह्मणलाई भोलि बोलाउनुभएको रहेछ । त्यसको अर्थ, हजुरलाई आफू भोलिसम्म मर्दिनँ अर्थात् कालले छुन सक्दैन भन्ने पक्का रहेछ । त्यसैले, कालमाथिको विजयोत्सवमा यी नगरा बजेका हुन् महाराज ! भीमको कुरा सुनेपछि युधिष्ठिरलाई आफ्नो गल्ती महसुस भयो । उनले तत्काल ती ब्राह्मणको समस्या सुने र उचित सहायताको प्रबन्ध गरिदिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १ : ०९ बजे

सस्पेन्स थ्रिलर फिल्म जसरी ‘जारी २’बारे अड्कलेर बोल्छन् उपेन्द्र ! (अन्तर्वार्ता)

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति

आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौं– सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत

म्याग्दीको तोराखेतमा थकाली ‘होमस्टे’

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको

जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा आज पेसी

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ