ज्ञान लिन उमेरले छेक्दैन « Khabarhub

ज्ञान लिन उमेरले छेक्दैन


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सिस वेलेन्ड पार्कर अमेरिकाका एक प्रसिद्ध शिक्षाविद् थिए । बालबालिकाको शिक्षा सम्बन्धमा उनको योगदान निकै ठूलो थियो ।

निकै टाढा-टाढाबाट बालबालिकाको शिक्षाका सम्बन्धमा राय-सल्लाह लिन उनीकहाँ मानिसको भिड लाग्ने गथ्र्यो । उनी पनि सकेसम्म सहज तरिकाबाट सबै जिज्ञासुको जिज्ञासा शान्त बनाएर पठाउने गर्थे ।

एकपटक शिक्षाविद् पार्कर कुनै एक स्थानमा आयोजित विशेष कार्यक्रममा बालशिक्षाबारे आफ्नो मन्तव्य दिइरहेका थिए । उनको मन्तव्य पूरा भएपछि त्यहाँ प्रश्नोत्तरको क्रम सुरु भयो । प्रश्न सोध्ने क्रममा एक महिला आफ्नो स्थानबाट उठिन् र पार्करसँत प्रश्न गरिन्- महाशय ! म आफ्नी छोरीको पढाइ सुरु गर्न चाहन्छु । त्यसका लागि सबैभन्दा उत्तम उमेर कुन हो ? पार्करले प्रश्न गरे- तपाईंकी छोरी कहिले जन्मिइन् ? महिलाले अचम्म मान्दै जवाफ दिइन्- छोरी त पाँच वर्षपहिल्यै जन्मिसकिन् नि !

महिलाको जवाफ सुनेपछि गम्भीर हुँदै पार्करले भने- देवीजी, तपाईंले आफ्नी छोरीका सुनौला पाँच वर्ष त्यत्तिकै बर्बाद गरिसक्नुभएछ । पठनपाठन कार्य त बालबालिकाको जन्मसँगै सुरु हुनुपर्छ । अब कत्ति पनि ढिलो नगरी फटाफट घर जानुहोस् र छोरीको शिक्षा अहिल्यैदेखि सुरु गर्नुहोस् । किनकि, ज्ञान र शिक्षाका लागि उमेरको कुनै बन्धन हुँदैन ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १० : २८ बजे

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका