दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने « Khabarhub

दूर शिक्षा कार्यक्रमलाई सघाउन विश्व बैंकले १ अर्ब २७ करोड रूपैयाँ अनुदान दिने


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ।

विश्व बैंकले १ करोड ८५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब २७ करोड रूपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान दिने भएको हो ।

सो अनुदान सम्झौतामा शुक्रबार सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन् ।

उक्त अनुदान कोभिड-१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन परिचालन गरिने बताइएको छ ।

‘यस अतिरिक्त अनुदानका लागि हामी विश्व बैंक र जीपीईप्रति आभारी छौं,’ सहसचिव नेपालले भने, ‘यस सहयोगले कोभिड-१९ का कारण बालबालिकाको सिकाइमा भएको क्षति न्यूनीकरण गर्नका लागि टेवा पुर्‍याउनेछ ।’

यस अनुदानले चालु महामारीका कारण विद्यालयहरू बन्द रहेका अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पुग्नेछ ।

नेपालका अनुसार यस अनुदान विद्यालयहरूलाई सुरक्षित रूपमा पुन सञ्चालन गर्न, खेर गएको सिकाइको समय र मनोवैज्ञानिक प्रभावसहितका विद्यार्थी र शिक्षकहरूमा परेको विविध प्रभावहरूलाई कम गर्न पनि महत्त्वपूर्ण हुनेछ ।

यस अतिरिक्त अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि बजेट उपलब्ध गराउनेछ। जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाइ पोर्टलका साथै इन्टरनेट र अन्य सञ्चारमाध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाइका सामग्रीहरू पर्नेछन्।

‘यो महामारीका कारण नेपाल लगायत विश्वभरका देशहरूमा शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रहरू मध्ये एक हो जसले गर्दा बालबालिकाको सिकाइको नतिजामा गहिरो प्रभाव परेको छ । यो अनुदानले खासगरी बालिकाका लागि शिक्षा र सिकाइमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउनेछ,’ मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले भने ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ११ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै