अर्थतन्त्र उकास्न खतिवडाले विज्ञताको सदुपयोग गर्न सकेनन् : डा भट्टराई « Khabarhub

अर्थतन्त्र उकास्न खतिवडाले विज्ञताको सदुपयोग गर्न सकेनन् : डा भट्टराई


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको बताएका छन्।

राष्ट्रियसभा सदस्य नरहेसँगै आजबाट अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको उनको तर्क छ।

दुई तिहाई निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर खतिवडालाई भए पनि उक्त अवसर उनले कनिका छरेरै बिताएको डा. भट्टराईको आरोप छ।

उनले गुणत्मक फड्को मार्ने काम नगरे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खतिवडाजस्तो अर्को अर्थमन्त्री आउने सम्भावना भने कम रहेको प्रतिक्रिया दिएका छन्।

‘डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन।२/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले।ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु!’

डा भट्टराईको ट्वीट हेर्नुहोस्

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ०९ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- अमेरिकाले विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास