अर्थतन्त्र उकास्न खतिवडाले विज्ञताको सदुपयोग गर्न सकेनन् : डा भट्टराई « Khabarhub

अर्थतन्त्र उकास्न खतिवडाले विज्ञताको सदुपयोग गर्न सकेनन् : डा भट्टराई


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको बताएका छन्।

राष्ट्रियसभा सदस्य नरहेसँगै आजबाट अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको उनको तर्क छ।

दुई तिहाई निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर खतिवडालाई भए पनि उक्त अवसर उनले कनिका छरेरै बिताएको डा. भट्टराईको आरोप छ।

उनले गुणत्मक फड्को मार्ने काम नगरे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खतिवडाजस्तो अर्को अर्थमन्त्री आउने सम्भावना भने कम रहेको प्रतिक्रिया दिएका छन्।

‘डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन।२/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले।ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु!’

डा भट्टराईको ट्वीट हेर्नुहोस्

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ