चीन-भारत विवाद बारे अमेरिकी राष्ट्रपतिको टिप्पणी- स्थिति गम्भीर « Khabarhub

चीन-भारत विवाद बारे अमेरिकी राष्ट्रपतिको टिप्पणी- स्थिति गम्भीर


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीतको अहिलेको स्थितिलाई ‘गम्भीर’ भएको टिप्पणी गरेका छन् ।

ट्रम्पले अहिलेको परिस्थिति प्रतिकूल भएकोले आफू भारत र चीनलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

भारत र चीनको विवादको विषयमा दुवै देशहरुसँग अमेरिकाले छलफल गरिरहेको बताँदै ट्रम्पले यस विषयमा अमेरिकाले केही गर्न सके वा दुवैको मद्दत गर्ने सके आफूलाई खुसी हुने बताएका छन् ।

ट्रम्पले चीनको आलोचना गर्दै अहिलेको समयमा चीनको चर्चा रुसकोभन्दा बढी गरिनुपर्ने बताएका छन् ।

चीनले गरिरहेको काम निकै खराब भएको आरोप लगाउँदै ट्रम्पले भने ‘पूरै विश्वले बुझ्नुपर्छ कि चीनले कोरोनाभाइरसको विषयमा के गर्यो ।’

ट्रम्पले एकपटक फेरि कोरोनाभाइरसलाई चाइना भाइरस भने । ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंशा गर्दै भारतीय मूलका मतदातालाई आकर्षित गर्ने प्रयास पनि गरे । उनले भारतीयहरुले आफूलाई भोट दिने आशा पनि व्यक्त गरे ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : २९ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा