चक्रवर्तीका भाइ गिरफ्तार, अब पालो रियाको ? « Khabarhub

चक्रवर्तीका भाइ गिरफ्तार, अब पालो रियाको ?


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बइ- सुशान्त सिंह राजपुतको आत्महत्या मामिलामा भइरहेको अनुसन्धानमा ठूलो कारवाही हुन थालेको छ । पछिल्लो पटक रिया चक्रवर्तीका भाइ शोभिक पनि गिरफ्तार भएका छन् ।

यसअघि हिजो नारकोटिक्स कन्टेल ब्यूरोले सामुएल मिरान्डालाई पनि गिरफ्तार गरेको थियो । शुक्रबार बिहान ब्यूरोले रिया, शोभिक र मिरान्डाका घरमा छापा मारेको थियो ।

शुक्रबार बिहानैदेखि नारकोटिक्स कन्ट्रोल ब्यूरोले यी सबैको घरमा छापा मारेको थियो । छापा मार्दा प्राप्त प्रमाणका आधारमा पहिले सामुएल मिरान्डालाई गिरफ्तार गरिएको थियो ।

ब्यूरोले शोभिकलाई पनि सोधपुछका लागि भनेर साथमै लिएर गएको थियो । शोधिक र मिरान्डालाई ड्रग्स डिलर बासित र जैदसँग साथमै राखेर सोधपुछ गर्दा बासित र जैदले शोभिकको पनि संलग्नता रहेको बताएपछि ब्यूरोलाई शोधिलाई गिरफ्तार गर्ने बाटो खुलेको थियो ।

स्रोतका अनुसार ड्रग डिलरहरुसँग शोभिक र सामुएलको कुराकानीमा रियाको संलग्नताको कुरा पटक पटक आएको छ ।

यदि शोभिक र सामुएलसँग सोधपुछको क्रममा यो कनेक्सनको खुलासा भएमा रियालाई पनि गिरफ्तार गर्ने बाटो खुल्नेछ । ब्यूरोले रियालाई फेरि सोधपुछको लागि बोलाउने भएको छ । यस क्रममा उनलाई गिरफ्तार गर्न मिल्ने कुनै पनि आधार भेटिएमा उनलाई तत्कालै गिरफ्तार गरिनेछ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ३३ बजे

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन