गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप ४४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका २२ जना, बागलुङका तीनजना, स्याङ्जाका एकजना, नवलपरासी पूर्वका एकजना लमजुङका १७ जना गरेका छन् ।

संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।

यस्तै पोखरा महानगरपालिका-१७ का २५ वर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ वर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ वर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ वर्षीय पुरुष गरि ५ जना भारतबाट आएका व्यक्ति हुन् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।

लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट संक्रमण पुष्टि भएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ४७ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट