गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पुष्टि


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप ४४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका २२ जना, बागलुङका तीनजना, स्याङ्जाका एकजना, नवलपरासी पूर्वका एकजना लमजुङका १७ जना गरेका छन् ।

संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।

यस्तै पोखरा महानगरपालिका-१७ का २५ वर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ वर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ वर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ वर्षीय पुरुष गरि ५ जना भारतबाट आएका व्यक्ति हुन् पोखरा महानगरपालिका-१६ का ५२ वर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।

लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट संक्रमण पुष्टि भएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : ४७ बजे

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले

मधेस प्रदेश लोकसेवा आयोगको दोहोरो नीतिले बढुवामा समस्या

जनकपुरधाम– मधेस प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिका कारण मधेस

लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवले नेपाली

लोमसको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भन्दै बजारबाट फिर्ता गर्न विभागको निर्देशन 

काठमाडौं– काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै

वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेसहित यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन