नवलपरासीपूर्व कोरोनाको ‘रेडजोन’मा « Khabarhub

नवलपरासीपूर्व कोरोनाको ‘रेडजोन’मा



पोखरा– गण्डकी प्रदेशमा शनिवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । संक्रमित हुनेमा कास्कीका २२ जना, लमजुङका १७, बाग्लुङका ३ जना तथा स्याङजा र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का एक एक जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशका नयाँ ४४ जना संक्रमित थपिएका हुन् । शनिवार संक्रमण पुष्टि हुनेमा पोखराको पृथ्वीचोकरमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत दुई महिला कर्मचारी पनि छन् । कास्कीको पोखरा महानगरपालिकाका ५ जना भारतबाट आएका हुन् ।

यस्तै, पोखरा महानगरपालिका– १६ का ५२ बर्षीय पुरुष एक सहकारीका कर्मचारी हुन् भने लमजुङ बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु भएको निर्देशनालयले जनाएको छ ।

तीबाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

शनिबार थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।

ठाउँ ठाउँमा निषेधाज्ञा र शिल

कोरोना भाइरस संक्रमणको समुदायस्तरमा पर्न गएपछि बढी संक्रमण फैलिएका विभिन्न जिल्लाका पालिका तथा वडाहरुले निषेधाज्ञा र शिल गरेका छन् ।

गोरखा नगरपालिकाको विभिन्न वडाहरुमा भएको परीक्षणबाट समुदायस्तरमा संक्रमण फैलिएको उल्लेख गर्दै नगरपालिकाले शनिवार दिउँसो १२ बजेदेखि एक साताका लागि सम्पूर्ण नगरक्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

यस्तै, कास्की जिल्ला प्रशासनले शनिबारबाट निषेधाज्ञा सकिएपछि निषेधाज्ञा खुकुलो पार्दै भदौ १७ गतेसम्म लम्ब्याएको छ भने नगरपालिकाले महानगरको ३ वटा वडाका केही क्षेत्र शिल गरेको छ । महानगरको १०, १२ र १३ वडाका केही टोलहरुलाई पूर्ण रुपमा शिल गरिएको छ ।

स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल ढिकालेथर हुँदै कुँडहर चोक मियाँपाटनसम्मका सबै क्षेत्र तथा लालीगुराँस मिनीमार्ग प्रगतिटोल, विपी मार्ग ‘क’ र ‘ख’ हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगमटोल मियाँपाटन, अन्नपूर्ण टोलहुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र एक साताका लागि शिल गरिएको छ ।

यस्तै, नवलपरासीपूर्व कावासोती नगरपालिकाले पनि नगरको वडा नम्बर ३ र १६ का केही क्षेत्र एक साताका लागि शिल गरेको छ । समुदायमा संक्रमण फैलिएकाले एक साताका लागि २ वटा वडाका केही क्षेत्र शिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।

नवलपरासीपूर्व ‘रेडजोन’ मा

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी देखिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला ‘रेड जोन’मा परेको छ । संक्रमितको संख्या ५ सय भन्दा बढी पुगेपछि प्रदेश सरकारले नवलपरासीपूर्वलाई ‘रेड जोन’मा राखेको छ । अहिलेसम्म ५ सय ३२ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ६६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

नवलपरासीपूर्वमा कोरोना संक्रमण पुष्टि भई २ जनाको ज्यान गएको छ । सरकारले ५ सय भन्दा बढी संक्रमित भएको जिल्लालाई रेड जोनमा राख्दै आएको छ । अहिलेसम्म देशभरका १३ जिल्ला रेड जोनमा परेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १ : ४९ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी