रुपन्देहीमा भदौ २८ सम्म खुकुलो लकडाउन « Khabarhub

रुपन्देहीमा भदौ २८ सम्म खुकुलो लकडाउन


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीमा जारी लकडाउनको स्वरूप केही फेदबल गरी भदौ २८ गतेसम्म तन्काइएको छ । आइतबारदेखि लकडाउन केही खुकुलो पारी सीमित समयका लागि रुपन्देहीका बजार खोल्न दिइने भएको छ ।

अति आवश्यक दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला हुनेछन् । व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उद्योग व्यवसाय अन्तर्गत नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड विपरीतका काम गर्न रोक लगाइएको छ ।

सरकारी कार्यालयहरूमा भीडभाड नहुने व्यवस्था मिलाएर स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, स्पा, स्वीमिङ पुल, मनोरञ्जनस्थलहरू बन्द नै रहनेछन् ।

उद्योग व्यवसाय स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पाउने छैनन् । सीमा नाकाहरूबाट गैरकानुनी रूपमा नेपाल-भारत आउजाउ गर्न पनि पाइने छैन । बेलहिया नाकाबाट हुने आवतजावत भने नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।

यो निर्णय यही भदौ २१ गतेदेखि भदौ २८ गते राति १२ बजेसम्म कायम रहनेछ । जिल्लाभित्र सरकारले अनुमति दिइएका बाहेक कुनै पनि गाडी नचलाउन प्रशासनको आदेश छ । अत्यावश्यकीय वस्तु र सेवा अन्तर्गत पर्ने गाडी भने चल्न पाउनेछन् ।

रुपन्देही प्रदेश ५ को अस्थायी मुकाम जिल्ला हो ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ०० बजे

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका