रुपन्देहीमा भदौ २८ सम्म खुकुलो लकडाउन | Khabarhub Khabarhub

रुपन्देहीमा भदौ २८ सम्म खुकुलो लकडाउन


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीमा जारी लकडाउनको स्वरूप केही फेदबल गरी भदौ २८ गतेसम्म तन्काइएको छ । आइतबारदेखि लकडाउन केही खुकुलो पारी सीमित समयका लागि रुपन्देहीका बजार खोल्न दिइने भएको छ ।

अति आवश्यक दैनिक उपभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला हुनेछन् । व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उद्योग व्यवसाय अन्तर्गत नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड विपरीतका काम गर्न रोक लगाइएको छ ।

सरकारी कार्यालयहरूमा भीडभाड नहुने व्यवस्था मिलाएर स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, स्पा, स्वीमिङ पुल, मनोरञ्जनस्थलहरू बन्द नै रहनेछन् ।

उद्योग व्यवसाय स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पाउने छैनन् । सीमा नाकाहरूबाट गैरकानुनी रूपमा नेपाल-भारत आउजाउ गर्न पनि पाइने छैन । बेलहिया नाकाबाट हुने आवतजावत भने नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।

यो निर्णय यही भदौ २१ गतेदेखि भदौ २८ गते राति १२ बजेसम्म कायम रहनेछ । जिल्लाभित्र सरकारले अनुमति दिइएका बाहेक कुनै पनि गाडी नचलाउन प्रशासनको आदेश छ । अत्यावश्यकीय वस्तु र सेवा अन्तर्गत पर्ने गाडी भने चल्न पाउनेछन् ।

रुपन्देही प्रदेश ५ को अस्थायी मुकाम जिल्ला हो ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ०० बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा