अल्का अस्पतालकी कर्मचारीको शव जंगलमा फेला « Khabarhub

अल्का अस्पतालकी कर्मचारीको शव जंगलमा फेला


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको अल्का अस्पतालमा कार्यरत एक महिला मृत फेला परेकी छन् ।

शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार उनको शव जंगलमा फेला परेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

भैंसेपाटीमा बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए। उनी चार दिनदेखि बेपत्ता थिइन्।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक युवकलाई पनि नियन्त्रणमा लिएको छ।

ती युवक महिलाको आफन्त पर्ने प्रहरी अनुसन्धानमा खुलेको छ। महिलाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  २ : ०३ बजे

शरीरभरि आगोको दाग, मनमा फुटबलको सपना: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।