सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- शनिबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपपिश्चम प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ६ हजार नाघेको छ।

प्रदेशका ३ वटा कोरोना परीक्षण प्रयोगशालामा ६ सय ७९ जनाको स्वाब परीक्षण गरिएकोमा शनिबार सेती अस्पतालबाट २७ जना, डडेल्धुरा अस्पतालबाट १६ र डोटी अस्पतालबाट २ जना गरी ४५ जनाका कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको जम्मा संख्या ६ हजार २१ पुगेको छ।

शनिबार कैलालीका २५, बझाङका १६, डोटीका २ र कञ्चनपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपपिश्चम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा हाल सम्म सवै भन्दा बढी सक्रमित कैलाली जिल्लामा छन्। जिल्लामा हालसम्म १ हजार ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ६३ सक्रिय संक्रमित छन्।

यसैगरी डोटीमा ९ सय ५५ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमित ९१, अछाममा ९ सय ३२ जनामा संक्रमण पुष्टि भएकोमा संक्रिय संक्रमित ७४, कञ्चनपुरका ६ सय ८९ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या ५४ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

निर्देशनालयका अनुसार बाजुरामा ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रिय संक्रमित ८ जना छन्। बझाङका ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या १ सय २४ छ।

यस्तै बैतडीमा ३ सय १८ जनामा संक्रमण पुष्टि भएकामा सक्रिय संक्रमितको संख्या ५६, डडेल्धुराका ३ सय १९ संक्रमित मध्य २० जना सक्रिय संक्रमित रहेका छन् भने दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएकोमा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका मध्ये ५ हजा १ सय जना डिस्चार्ज भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : २० बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा