सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो « Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- शनिबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपपिश्चम प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ६ हजार नाघेको छ।

प्रदेशका ३ वटा कोरोना परीक्षण प्रयोगशालामा ६ सय ७९ जनाको स्वाब परीक्षण गरिएकोमा शनिबार सेती अस्पतालबाट २७ जना, डडेल्धुरा अस्पतालबाट १६ र डोटी अस्पतालबाट २ जना गरी ४५ जनाका कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको जम्मा संख्या ६ हजार २१ पुगेको छ।

शनिबार कैलालीका २५, बझाङका १६, डोटीका २ र कञ्चनपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपपिश्चम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा हाल सम्म सवै भन्दा बढी सक्रमित कैलाली जिल्लामा छन्। जिल्लामा हालसम्म १ हजार ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ६३ सक्रिय संक्रमित छन्।

यसैगरी डोटीमा ९ सय ५५ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमित ९१, अछाममा ९ सय ३२ जनामा संक्रमण पुष्टि भएकोमा संक्रिय संक्रमित ७४, कञ्चनपुरका ६ सय ८९ जनामा संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या ५४ रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।

निर्देशनालयका अनुसार बाजुरामा ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रिय संक्रमित ८ जना छन्। बझाङका ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सक्रिय संक्रमितको संख्या १ सय २४ छ।

यस्तै बैतडीमा ३ सय १८ जनामा संक्रमण पुष्टि भएकामा सक्रिय संक्रमितको संख्या ५६, डडेल्धुराका ३ सय १९ संक्रमित मध्य २० जना सक्रिय संक्रमित रहेका छन् भने दार्चुलाका ५० जनामा संक्रमण पुष्टि भएकोमा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि भएका मध्ये ५ हजा १ सय जना डिस्चार्ज भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : २० बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका