निर्णय सच्याउन सभापति देउवालाई पौडेल पक्षको एक हप्ते अल्टिमेटम « Khabarhub

निर्णय सच्याउन सभापति देउवालाई पौडेल पक्षको एक हप्ते अल्टिमेटम


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई निर्णय फिर्ता लिन एक हप्ते अल्टिमेटम दिएको छ ।

शनिबार बसेको संस्थापन इतर समूहको बैठकले सभापति देउवाले पार्टी विधान विपरीत गरेका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको छ ।

भर्चुवल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत सहभागी थिए ।

सभापति देउवाले विरोधका बाबजुद पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष असन्तुष्ट बनेको हो । देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसकेका छन् । विभाग गठन एकलौटी तवरले गरेको भन्दै इतर समूह लगातार नेतृत्वलाई दवाव दिँदै आएको छ ।

पार्टीको आगामी १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले एकलौटी रुपमा विभिन्न विभागहरुमा आफू निकट नेताहरुलाई नियुक्त गरेको, अन्य समूहको सुझाव वेवास्ता गरेको, महाधिवेशन अझै पछाडि धकेल्न खोजेको लगायतका विषयमा छलफल भएको थियो।

देउवाले पछिल्लो पटक बुधबार र बिहीबार पनि विभिन्न केन्द्रीय विभागहरुमा आफू निकटका नेताहरुलाई नियुक्त गरेका छन्। यसअघि उनले थुप्रै विभागलाई पूर्णता दिइसकेका छन्।

पौडेल पक्षको विरोधका बाबजुद देउवाले धमाधम विभागहरुलाई पूर्णता दिन थालेपछि पार्टीभित्रको असन्तुष्टि तीव्र रुपमा बढ्दै गएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : २७ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार