यसरी जुरेको थियो अतुललाई सलमानको ज्वाईं बन्ने अवसर | Khabarhub Khabarhub

यसरी जुरेको थियो अतुललाई सलमानको ज्वाईं बन्ने अवसर


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२५ बर्ष पहिले बलिउडमा अतुल अग्निहोत्री निकै राम्रो कलाकार मानिन्थे । अतुलले पहिलो पटक बलिउड फिल्म पसंद अपनी अपनीबाट काम शुरु गरेका थिए ।

अतुलले महेश भट्टको फिल्म सर, क्रान्तिवीर, आतिश, गुनहगार लगायतमा काम गरे । यी फिल्ममा काम गरेपछि अतुल निर्देशकको भुमिकामा पहिलो पटक सलमान खानसंग वीरगति नामक फिल्ममा काम गरे ।

अतुलका लागि वीरगति महत्वपुर्ण थियो । यदि यो फिल्म नबनेको भए सलमानसंग काम गर्ने अवसर जुर्ने थिएन । सायद उनी सलमानको ज्वाईं समेत बन्ने थिएनन् । बलिउड स्टार सलमान खानसंग अतुलले २५ बर्ष पहिले वीरगतिमा काम गरे । त्यतिबेलासम्म अतुल र सलमान परिचित थिएनन् ।

उनी आफ्नै बहिनी अल्वीराका श्रीमान हुन्छन् भन्ने सलमानलाई थाहा थिएन । सन् १९९५ मा रिलीज भएको वीरगति पश्चात अतुलको भेट सलमान खानकी बहिनी अल्वीरा खानसंग भयो ।

त्यस पश्चात दुबैले सन् १९९६ मा विवाह गरे । यहिबाट अतुलको खान परिवारसंग सम्बन्ध गासियो । तर वीरगति हिट भने हुन सकेन । यो फिल्मपछि दुबैले संगै काम गरेनन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : १० बजे

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका

आफ्ना हक अधिकार प्राप्तिका लागि उत्पीडनमा परेका समुदाय एक हुनुपर्छ : उपेन्द्र यादव 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना हक

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको