नयाँ दिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने « Khabarhub

नयाँ दिल्लीका विद्यालय अक्टोबर ३१ सम्म बन्द रहने


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द भएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय यो महिनाको अन्त्यसम्म नखुल्ने भएका छन् ।

विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द नै रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले बताएका छन् ।

‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,’ सिसोडियाले भने ।

भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भए पनि खोल्ने भन्ने चर्चा चुलिएका बेला उपमुख्यमन्त्री सिसिडियाले यसबारे सरकारी धारणा सार्वजनिक गरेका हुन् ।

यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।

संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड–१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो ।

यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ ।

विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।

विश्वमा कोभिड–१९ का कारण दोस्रो बढी प्रभावित भारतमा दिल्ली छैठौँ बढी प्रभावित राज्य हो ।

दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : २८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु