शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्य सुधार हुँदै गएको दाबी « Khabarhub

शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्य सुधार हुँदै गएको दाबी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि अस्पतालमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक कारमा देखिएका छन् ।

ट्रम्पको स्वास्थ्यवस्थालाई लिएर अनेकखाले अड्कल काट्न थालिएपछि उनले आफू स्वस्थ रहेको भन्दै शुभेच्छुकसामु कारमार्फत सार्वजनिक भएका हुन् । कारमा मास्कसहित देखिएका ट्रम्पले शुभेच्छुकलाई हात हल्लाएका छन् ।

ह्वाइट हाउसले ट्रम्प आफ्ना समर्थकलाई अभिवादन गर्न निस्केको र फेरि वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरको प्रेसिडेन्टल स्वीटमा रहेको विज्ञप्तिमार्फत् जनाएको छ ।

तस्वीर : सीएनएन

यसअघि कारमा यात्रामा निस्कुन अघि ट्रम्पले ट्वीटमा भिडियो सन्देश दिदै आफू समर्थकहरुलाई आश्चर्यमा पार्न लागिरहेको बताएका थिए ।

उनले कोरोना भाइरसले आफूलाई धेरै सिकाएको समेत बताउँदै भने, ‘यो रोचक यात्रा बन्यो । मैंले कोभिड १९ बाट धेरै सिकें, पछिल्लो भोगाई मेरो वास्तविक विद्यालय हो ।’

उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको र छिट्टै नियमित अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५९ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास