२४ घण्टामा विश्वभर ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु « Khabarhub

२४ घण्टामा विश्वभर ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा ४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

वितेको २४ घण्टामा विश्वमा थप ४ हजार १३ जनाले ज्यान गुमाएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ ।

यस्तै एकै दिन २ लाख ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ७७ लाख ३३ हजार ४८८ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ४२३ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३६ हजार नाघेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २५ हजार ५३ जनाको मृत्यु भएको छ । ५३ लाख ३६ हजार २०० जना संक्रमित भएकोमा २८ लाख ८३ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १६ हजार २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९१ लाख २३ हजार ९७२ पुगेको छ । त्यसमध्ये ५९ लाख २९ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा २ लाख १ हजार ५०४ जनाको मृत्यु भएको छ । १ करोड १० लाख ८५ हजार ९५५ जना संक्रमित भएकोमा ९३ लाख ६९ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ४३२ जनाको मृत्यु भएको छ । ८२ लाख ८६ हजार ८२७ जना संक्रमित भएकोमा ७१ लाख ४० हजार ९४७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार ५६९ जनाको ज्यान गएको छ भने १५ लाख २२ हजार ९२८ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ६० हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३६ जनाको मृत्यु भएको छ । ३१ हजार ५५४ जना संक्रमित भएकोमा २८ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : १५ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास