अमेरिकामा थप ३४ हजार जनामा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा थप ३४ हजार जनामा कोरोना संक्रमण


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा थप ३४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ३४ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७६ लाख ३६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४८ लाख ४९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ७३ हजार २६३ जनामध्ये १४ हजार १९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख १४ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ३३२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १४ हजार ६११ पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : २५ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार