महावीर पुनको आविष्कार केन्द्रले बनायो आईसीयूका संक्रमितका लागि स्वास्थ्य सामग्री « Khabarhub

महावीर पुनको आविष्कार केन्द्रले बनायो आईसीयूका संक्रमितका लागि स्वास्थ्य सामग्री


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाका सिकिस्त विरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरेको छ ।

सिकिस्त विरामी भएर आईसीयूमा रहने संक्रमितले प्रयोग गर्ने ‘आइसोलेसन हुड’ निर्माण गरिएको केन्द्रका संस्थापक पुनले बताए ।

आइसोलेसन हुडको प्रयोगले कोरोना संक्रमितलाई श्वासप्रश्वासमा सहज हुने चिकित्सकहरूले बताएका छन् ।

प्लास्टिक र पाइपको प्रयोगबाट बनाइएको ‘आइसोलेसन हुड’ मा बाहिरबाट हावा नछिर्ने गरी सुरक्षित गरिएको पुनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आइसोलेसन हुड भेन्टिलेटरमा जोड्यो भने बिरामीलाई सास फेर्न धेरै सहज हुने रहेछ र बिरामीको वरिपरी बस्नेहरु पनि सुरक्षित हुने रहेछन । यस्ता हुडहरु धेरै संख्यामा आविष्कार केन्द्रमा बनाएर वितरण गरिनेछ ।’

पाटन अस्पतालका चिकित्सकले चीनबाट ल्याएको एउटा हुडको नमूना दिएपछि केन्द्रले निर्माण थालेको उनले जानकारी दिएका छन् ।

चीनबाट १८ हजार रूपैयाँ प्रति हुडमा खरिद गरिएको आइसोलेसन हुड आविष्कार केन्द्रमा ३ हजार रुपैंयामा निर्माण भएको उनले बताएका छन्।

 

अब धेरै संख्यामा आइसोलेसन हुड निर्माण गरी आईसीयूमा रहेका संक्रमितलाई उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : १० बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार