डीपीएल पूर्व निर्धारित मितिमा नहुने « Khabarhub

डीपीएल पूर्व निर्धारित मितिमा नहुने


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- कोभिड-१९ संक्रमणको जोखिमका कारण धनगढीमा आयोजना हुँदै आएको धनगढी प्रिमियर लिग(डीपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष पूर्व निर्धारित मितिमा आयोजना नहुने भएको छ ।

एकेडेमीले आगामी कात्तिक ८ देखि २४ गतेसम्म प्रतियोगिताको मिति तय गरेको थियो । आयोजक धनगढी क्रिकेट एकेडेमीले कोरोनाको जोखिमका कारण पूर्व निर्धारित मितिमा प्रतियोगिता आयोजना गर्न असम्भब भएको आज प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

प्रतियोगिता आयोजना हुने नयाँ मिति यथाशीघ्र घोषणा गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ । प्रतियोगिता शुरु भएसँगै देशमा पहिलो पटक विभिन्न शहरको टिम सहितको फ्रेन्चाइज क्रिकेटको अवधारणा शुरुआत भएको थियो ।

विभिन्न शहरको नाममा फ्रेन्चाइजी टोली बनाई ती टोलीले खेलाडीहरुको अक्शन(बोलकवोल)  गर्दै आ आफ्नो टिममा खेलाडी भित्र्याउने व्यावसायिक कामसमेत शुरुवात भएको थियो ।

विगतका वर्षमा तीन संस्करण भइसकेको यो प्रतियोगिताको पहिलो संस्करणदेखि धनगढी, महेन्द्रनगर, अत्तरिया, रुपन्देही, विराटनगर र काठमाडौँ गरी छ टोलीले सहभागिता जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ५५ बजे

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती

एमाले महाधिवेशन अगाडि घरदैलो अभियान

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि