मन्दिरमा सार्वजनिक जमरा नराखिने | Khabarhub Khabarhub

मन्दिरमा सार्वजनिक जमरा नराखिने


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोभिड–१९ को कारण विगतमा झै यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ ।

मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिइन ।

काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दू धार्मिक विधिअनुसार वडादशैँको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो ।

समितिका अध्यक्ष भीम पौडेलले भने, “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौँ ।”

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : १५ बजे

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी– यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ

दाइको हत्या आरोपमा भाइ पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गए राति भाइको कैँची प्रहारबाट

कांग्रेस-एमालेका प्रमुख सचेतक बोलाएर सभामुखले मागे संसद्लाई बिजनेस

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी

बाजुरामा सात हजार बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बाजुरा– सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा

जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ

टोकियो– जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी