वडा २२ को कार्यालय भवन निर्माणका लागि शिलान्यास « Khabarhub

वडा २२ को कार्यालय भवन निर्माणका लागि शिलान्यास


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महागनरपालिका वडा २२ को कार्यालय भवनको शिलान्यास भएको छ ।

काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, वडाध्यक्षध्यक्ष चिनीकाजी महर्जनले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् ।

भवन निर्माणको लागत इष्टिमेट ४ करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा थियो । खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के एण्ड केजी रमिता कन्स्ट्रक्सन प्रा लिले ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ ।

भवन २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘आफ्नै कार्यालय भवनबाट सेवा दिने महानगरको नीति कार्यान्वयन भइरहेको छ ।’

वडा २२ को भवन ६ जना व्यक्ति अट्ने लिफ्टसहितको भवन ६ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार भवन ६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । पाँचौं तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा हुनेछन् भने माथिल्लो तलामा बैठक कक्ष हुनेछ ।

नयाँ वडा भवन बनाउने कार्यक्रमअन्तर्गत वडा ९ र २६ का नयाँ भवन सञ्चालनमा आइसकेका छन् । वडा ३, ४ र १४ को भवन निर्माण सम्पन्नको चरणमा छन् ।

वडा ६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ । भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा छन् भने वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ ।

वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ५९ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि