ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एकजनाको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबारमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति गुल्मीदरबार गाउँपालिका–१ वलिथुमबाट मजुवातर्फ जाँदै गरेको लु४त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षका गुल्मीदरबार–१ निवासी धनबहादुर माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार दुर्घटनामा कपिलवस्तु घर भएका ३० वर्षका रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका–१ माझीगाउँका १५ वर्षका लालबहादुर बुढामगर घाइते भएका छन् ।

घाइते २ जनाकै मजुवास्थित सारथी मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ५७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग