गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स « Khabarhub

गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ ।

भारत सरकारले नेपालका ४१ सङ्घसंस्थालाई एम्बुलेन्स प्रदान गर्ने क्रममा बागलुङबाट बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ ।

भारत सरकारले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा बडिगाड गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भई सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

‘गाउँपालिकालाई कोरोना सङ्कटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौं’ गाउँपालिकाका अध्यक्ष पाइजाले भने, ‘तीन वर्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहारस्वरुप प्राप्त गरेका छौं, यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।’

शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको अध्यक्ष पाइजाले जानकारी दिए । कर छुटसहित झण्डै रु १२ लाखभन्दा बढी मूल्य पर्ने बुलेरो एम्बुलेन्स प्राप्त भई गाउँपालिका ल्याउन थालिएको पाइजाले जानकारी दिए ।

कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा सङ्क्रमित बोक्दै आएको गाउँपालिकाले आगमी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ४२ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग