दुई दिनसम्म टिक्ने ब्याट्री भएको नोकिया २.४ स्मार्टफोन नेपालमा | Khabarhub Khabarhub

दुई दिनसम्म टिक्ने ब्याट्री भएको नोकिया २.४ स्मार्टफोन नेपालमा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एचएमडी ग्लोबलले आइतबार नेपालमा नोकिया २.४ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको छ ।

भिडियो स्ट्रिमिङ र गेमिङका लागि यसले एकदमै रमाइलो अनुभव प्रदान गर्दछ । यसमा रहेको ४५०० एमएएच क्षमताको ब्याट्री दुई दिनसम्म राम्रोसँग टिक्ने दाबी कम्पनीले गरेको छ ।

जसबाट तपाईंले आफूलाई मन पर्ने एप र गेमहरु ढुक्कसाथ खेल्न सक्नुहुन्छ । यसको असिस्टेड एडप्टिभ ब्याट्रीले गर्दा तपाईंले धेरै समय फोनमा विताउन सक्नुहुन्छ ।

तपाईं कुन एप बढी प्रयोग गर्नुहुन्छ भन्ने यसले थाहा पाउँछ र त्यसैअनुसार पावरलाई प्राथमिकता दिन्छ । ता कि तपाईंले आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सक्नुहोस् ।

यसमा फिंगरप्रिन्ट र फेस अनलक जस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर पनि छन् । एन्ड्रोइडको प्रतिज्ञा अनुसार नोकिया २.४ मा तीन वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्मको ओएस अपडेट मिल्नेछ ।

यसको अर्थ यो फोन एन्ड्रोइड इलाभेन र ट्वेल्भका लागि समेत तयार पारिएको छ । यो फोनको क्यामेराको कुरा गर्दा यसमा सिरिजमै पहिलो पटक डुअल क्यामेरा भएको, एआई इमेजिंगबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट शट फिचर समावेश छ ।

यसमा भएको नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगबाट नोकिया २.४ ले अध्यारो अवस्थामा पनि जीवन्त विवरणहरु कैद गर्न सक्दछ ।

नोकिया २.४ को डिजाइन एकदमै टिकाउ प्रकृतिको छ । जुन केवल राम्रो देखिने मात्र नभएर टिकाउ पनि छ ।

प्रिमियम डिजाइन र नयाँ आधुनिक रंग, डस्कको सुविधा यो फोनमा रहेको छ । यसको थ्रीडी न्यानो टेक्स्चर कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ ।

यो फोन ग्रे रंगमा उपलब्ध छ । यसको स्टोरेजको कुरा गर्दा यसमा दुई जीबी र्‍याम र ३२ जीबी रोम रहेको छ । यो फोन नेपाली बजारमा १४ हजार ५९९ मा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ३ : ३१ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ