दुई दिनसम्म टिक्ने ब्याट्री भएको नोकिया २.४ स्मार्टफोन नेपालमा « Khabarhub

दुई दिनसम्म टिक्ने ब्याट्री भएको नोकिया २.४ स्मार्टफोन नेपालमा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एचएमडी ग्लोबलले आइतबार नेपालमा नोकिया २.४ स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको एचडी प्लस स्क्रिन रहेको छ ।

भिडियो स्ट्रिमिङ र गेमिङका लागि यसले एकदमै रमाइलो अनुभव प्रदान गर्दछ । यसमा रहेको ४५०० एमएएच क्षमताको ब्याट्री दुई दिनसम्म राम्रोसँग टिक्ने दाबी कम्पनीले गरेको छ ।

जसबाट तपाईंले आफूलाई मन पर्ने एप र गेमहरु ढुक्कसाथ खेल्न सक्नुहुन्छ । यसको असिस्टेड एडप्टिभ ब्याट्रीले गर्दा तपाईंले धेरै समय फोनमा विताउन सक्नुहुन्छ ।

तपाईं कुन एप बढी प्रयोग गर्नुहुन्छ भन्ने यसले थाहा पाउँछ र त्यसैअनुसार पावरलाई प्राथमिकता दिन्छ । ता कि तपाईंले आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सक्नुहोस् ।

यसमा फिंगरप्रिन्ट र फेस अनलक जस्ता आधुनिक बायोमेट्रिक सेक्युरिटी फिचर पनि छन् । एन्ड्रोइडको प्रतिज्ञा अनुसार नोकिया २.४ मा तीन वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र दुई वर्षसम्मको ओएस अपडेट मिल्नेछ ।

यसको अर्थ यो फोन एन्ड्रोइड इलाभेन र ट्वेल्भका लागि समेत तयार पारिएको छ । यो फोनको क्यामेराको कुरा गर्दा यसमा सिरिजमै पहिलो पटक डुअल क्यामेरा भएको, एआई इमेजिंगबाट फ्युल्ड विस्तृत नाइट र पोट्रेट शट फिचर समावेश छ ।

यसमा भएको नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगबाट नोकिया २.४ ले अध्यारो अवस्थामा पनि जीवन्त विवरणहरु कैद गर्न सक्दछ ।

नोकिया २.४ को डिजाइन एकदमै टिकाउ प्रकृतिको छ । जुन केवल राम्रो देखिने मात्र नभएर टिकाउ पनि छ ।

प्रिमियम डिजाइन र नयाँ आधुनिक रंग, डस्कको सुविधा यो फोनमा रहेको छ । यसको थ्रीडी न्यानो टेक्स्चर कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ ।

यो फोन ग्रे रंगमा उपलब्ध छ । यसको स्टोरेजको कुरा गर्दा यसमा दुई जीबी र्‍याम र ३२ जीबी रोम रहेको छ । यो फोन नेपाली बजारमा १४ हजार ५९९ मा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ३ : ३१ बजे

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज– पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा