राष्ट्रिय कविता महोत्सव मङ्सिरमा « Khabarhub

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ ।

उक्त महोत्सव प्रज्ञा भवन, कमलादीमा आयोजना हुनेछ । प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सव कोरोना भाइरस रोकथामका कारण लागू बन्दाबन्दीका कारण स्थगन भएको थियो ।

प्रतिष्ठानको यही असोज १८ गते सम्पन्न प्राज्ञ परिषद्को बैठकले महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गरी प्रथम हुनेलाई रु ५० हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुने तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि नगद पुरस्कारको राशि क्रमशः रु ३०, २५ र २० हजार थियो ।

प्रा डा लुइँटेलको कृतिबारे छानबिन बैठकले त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले बौद्धिक चोरी गरेको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा प्रतिष्ठानको नामसमेत मुछिएकाले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न परिषद् सदस्य प्रा दिनेशराज पन्तको संयोजकत्वमा परिषद् सदस्यद्वय प्रा डा हेमनाथ पौडेल र प्रा डा गोपीन्द्र पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सञ्चारमाध्यममा डा लुइँटेलद्वारा लिखित तथा प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धानात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइँटेलले आफ्नो विद्यावरिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको र प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको समाचार सार्वजनिक भएको थियो ।

लुइँटेलद्वारा लिखित र प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक कृतिमा पनि अनुसन्धान विधिको प्रयोग नगरी प्रतिष्ठानले छापेको भनेर प्रतिष्ठानप्रति समेत प्रश्न उठेको र ती प्रश्नमा प्रतिष्ठानले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठनको निर्णय गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ८ : २८ बजे

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर