भरतपुर अस्पतालमा ७० वर्षीय कोरोना संक्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा ७० वर्षीय कोरोना संक्रमितको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुरमा एक जना कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा मृत्यु भएको छ । सोमवार साँझ भरतपुर–३ बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ती व्यक्तिको अस्पताल ल्याउँदै गर्दा मृत्यु भइसकेको थियो ।

लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या देखिएका ती वृद्धमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साँझ अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालका  अनुसार चार दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा बस्दै आएका थिए।

योसँऊै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ०३ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश