साउदीमा अब रोजगारदाता फेर्न पाउने, नयाँ नियम मार्चदेखि लागु हुने « Khabarhub

साउदीमा अब रोजगारदाता फेर्न पाउने, नयाँ नियम मार्चदेखि लागु हुने


२० कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबले विदेशी श्रमिकलाई लाग्दै आएको बन्देज फुकुवा गर्ने भएको छ ।

सन् २०२१ को मार्चदेखि लागु हुनेगरी त्यहाँ रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो ।

साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले बुधवार यसका बारेमा जानकारी दिएको हो । साउदीमा श्रम बजारलाई आकर्षक बनाउन सो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

रोजगारदाता परिवर्तन गर्न नपाउने र रोजगारदाताको अनुमति विना मुलुक छोड्न नपाउने व्यवस्थाका कारण लाखौं नेपालीसहित विदेशी श्रमिक बाध्यकारी श्रम गर्नसमेत बाध्य हुँदै आएका छन् ।

नयाँ व्यवस्था लागु भएपछि श्रमिकले एक रोजगारदाताबाट अर्को रोजगारदातामा स्पोन्सरशीप परिवर्तन गरी रोजगारी परिवर्तन गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

नयाँ व्यवस्था लागु भएपछि रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न र पुनः फर्किन सक्ने तथा  पुनः साउदीले नफर्किने गरी स्वदेश फर्किनसमेत सक्नेछन् ।

साउदीमा १ करोडको हाराहारीमा विदेशी श्रमिक कार्यरत रहेको तथ्यांक छ । साउदीले अगाडि सारेको लेवर रिलेशन ईनिसिएटीभ नामको यो कार्यक्रमले विदेशी श्रमिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि साउदीले सन् २०२० भित्रै स्पोन्सरशीप प्रणाली (कफाला) अन्त्य गर्ने घोषणा गरे पनि कोरोना भाइरस (कोभिड-१९) को कारण ढिलो भएको बताउँदै आएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ७ : १८ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित