कोरोनाले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारको मृत्यु « Khabarhub

कोरोनाले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारको मृत्यु


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७४८ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।

विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै २ लाख ८९ हजार ७४८ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८६५ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २५ लाख १६ हजार ७३१ मध्ये ८९ हजार २१६ को अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : १५ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,