भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मनार्थ महाराथीबाट सम्मान गरिदै « Khabarhub

भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मनार्थ महाराथीबाट सम्मान गरिदै


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको पदवीबाट सम्मान गरिदैछ ।

अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई नेपाली सेनाको मनार्थ महारथीको पदवीबाट सम्मान गर्नेछिन् ।

मनार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनी आज मुख्य औपचारिक कार्यक्रममा सहभागी हुँदै छन् ।

मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उनलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उनले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ ।

नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

नरवणे आज राति प्रधानसेनापति थापाले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि सरिक हुनेछन् ।

थापाको औपचारिक निमन्त्रणमा नरवणे बुधबार नेपाल भ्रमणमा आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : २१ बजे

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव