तनहुँमा यस वर्ष देउसीभैलो खेल्न रोक « Khabarhub

तनहुँमा यस वर्ष देउसीभैलो खेल्न रोक


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

जिल्ला कोरोना नियन्त्रण समितिको मङ्गलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । “यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारवाही गरिनेछ,” प्रजिअ आचार्यले भने । पछिल्लो समय कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो ।

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए । सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सुरक्षा व्यवस्थामा कडाइ

दीपावली पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । “सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको छ”, उनले भने, “चेकजाँचका क्रममा शङ्कास्पद सवारी तथा व्यक्तिलाई नियन्त्रणमा लिएर चेकजाँच गरिएको छ ।”

जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुई लाखसहित सात जुवाडे पक्राउ

तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जुवाडेको साथबाट रु एक लाख ९७ हजार ९५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र पर्वत जिल्लाको बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ११ : ४५ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले