सर्वोच्चले अवहेलना मुद्दामा माग्यो स्वास्थमन्त्रीसँग जवाफ « Khabarhub

सर्वोच्चले अवहेलना मुद्दामा माग्यो स्वास्थमन्त्रीसँग जवाफ


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ ।

सर्वोच्च अदालतले सबै नागरिकको कोरोनाको परीक्षण गर्न र संक्रमितको उपचार निःशुल्क गर्न गत असोज १५ गते सरकारका नाममा आदेश जारी गरेको थियो । सरकारले भने ज्येष्ठ नागरिक, अशक्त, विपन्न, अपाङ्गता भएका लगायत लक्षित वर्ग तोकेर उनीहरूबाहेक अन्यसँग शुल्क लिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले दर्ता गराएको अवेहलना मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनू’ भन्ने आदेश गरेको हो ।

आदेशमा स्वास्थ्यमन्त्री ढकाललाई आफू स्वयं वा आफ्नो कानुन व्यवसायीमार्फत लिखित जवाफ दिन भनिएको छ ।

निवेदनमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री ढकाललाई अवहेलनाको आरोप लगाइएको थियो । अदालतले निवेदन दर्ता नगरेपछि प्रधानमन्त्रीको नाम हटाएर स्वास्थ्यमन्त्री विरुद्धमात्र निवेदन दर्ता गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ३३ बजे

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर