सर्वोच्चले अवहेलना मुद्दामा माग्यो स्वास्थमन्त्रीसँग जवाफ | Khabarhub Khabarhub

सर्वोच्चले अवहेलना मुद्दामा माग्यो स्वास्थमन्त्रीसँग जवाफ


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ ।

सर्वोच्च अदालतले सबै नागरिकको कोरोनाको परीक्षण गर्न र संक्रमितको उपचार निःशुल्क गर्न गत असोज १५ गते सरकारका नाममा आदेश जारी गरेको थियो । सरकारले भने ज्येष्ठ नागरिक, अशक्त, विपन्न, अपाङ्गता भएका लगायत लक्षित वर्ग तोकेर उनीहरूबाहेक अन्यसँग शुल्क लिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले दर्ता गराएको अवेहलना मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनू’ भन्ने आदेश गरेको हो ।

आदेशमा स्वास्थ्यमन्त्री ढकाललाई आफू स्वयं वा आफ्नो कानुन व्यवसायीमार्फत लिखित जवाफ दिन भनिएको छ ।

निवेदनमा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री ढकाललाई अवहेलनाको आरोप लगाइएको थियो । अदालतले निवेदन दर्ता नगरेपछि प्रधानमन्त्रीको नाम हटाएर स्वास्थ्यमन्त्री विरुद्धमात्र निवेदन दर्ता गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ३३ बजे

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने