कर्णालीमा १ हजार ५ सयले गरे सशुल्क कोरोना परीक्षण « Khabarhub

कर्णालीमा १ हजार ५ सयले गरे सशुल्क कोरोना परीक्षण


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु. दुई हजार तिरेर एक हजार ५३२ जनाले पिसिआर परीक्षण गरेको पाइएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पिसिआर परीक्षण गरेका छन् । सशुल्क परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् ।

प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताए । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ ।

कर्णालीमा प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परीक्षण हुँदै आएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : १६ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ