प्रधानमन्त्री ओलीद्वारा पुनः निर्वाचित न्युजिल्याण्डका प्रधानमन्त्रीलाई बधाई « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा पुनः निर्वाचित न्युजिल्याण्डका प्रधानमन्त्रीलाई बधाई


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डको प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना व्यक्त गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् ।

मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उनीसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ४४ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको