फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक « Khabarhub

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।

शुक्रवार (भोलि) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक आगामी कार्तिक २४ गते सोमवार सम्मका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ,” मुख्यसचिव पौडेलले भने ।

यसअघि गत असोज १९ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै असोज २५ गतेसम्मका लागि सारिएको थियो । तर दशैँ अघि बैठक बस्न सकेको थिएन् । आगामी महाधिवेशनको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक कार्तिक २१ गतेका लागि बैठक बोलाइएको थियो ।

आगामी सोमवार बस्ने बैठकमा कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई समेत बैठकमा बोलाइएको मुख्यमन्त्री पौडेलले बताए ।

“सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” उनले भने ।

आगामी महाधिवेशन र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवा समक्ष राखेका मागहरुबारे छलफलका लागि आज पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ०० बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको