जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो « Khabarhub

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु हुने तथा घाइते सबैको पहिचान खुलेको छ । 

मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की १६ वर्षीया प्रेमकला पुन रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

घटनामा परेर १२ जना घाइते भएका छन् । गम्भीर घाइते सानीभेरी गाउँपालिका–६ का ३८ वर्षीय बलबहादुर पुन, सोही स्थानका १५ वर्षीय पूर्णबहादुर जैसी, ५० वर्षीया कौशिला पुन र १५ वर्षीया खिमला पुनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । 

आज बिहान कोटगाउँबाट सिम्लीतर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप वडा कार्यालय नजिकै सिम्ली–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको थियो ।

जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ७ : ०८ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको