सरकारविरुद्ध भइरहेको ‘अविश्वासको चलखेल’ सामना गर्छु : प्रधानमन्त्री ओली « Khabarhub

सरकारविरुद्ध भइरहेको ‘अविश्वासको चलखेल’ सामना गर्छु : प्रधानमन्त्री ओली


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको जारी विवादबारे ब्रिफिङ गरेका छन् ।

उनले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् ।

कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएका उनले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा प्रधानमन्त्रीले पार्टीभित्र विभिन्न ठाउँमा चलखेल भइरहेको बताएका हुन् ।

एक मन्त्रीकाअनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले पार्टीभित्र जारी विवादतर्फ संकेत गर्दै मन्त्रीहरूलाई आफ्ना धारणा सुनाएका थिए ।

‘पार्टीमा गुटबन्दी चलिरहेको छ । सरकारलाई असहयोग गर्ने कुरा भइरहेका छन् । कोटेश्वरमा अहिले पनि विभिन्न गतिविधि भइरहेका छन् भन्नुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले बैठकको सुरुमै विश्वास, अविश्वासका कुरा चल्दैछन् त्यसको सामना गरिनेछ, कोटेश्वरमा बनिरहेका योजना असफल हुन्छन् भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पेरिसडाडामा कानून व्यवसायीहरुसँग गरेको छलफलप्रति संकेत गर्दै कोटेश्वरको योजना असफल बनाइने बताएको ती मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले यसअघि पनि पार्टीमा विवाद उत्पन्न हुँदा मन्त्रीहरूलाई आफ्नो कित्तामा बस्ने कि पार्टीमा आफ्नो विपक्षमा उभिएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा उभिने भनेका थिए ।

पछिल्लो समय नेकपामा कर्णाली प्रदेशको विवादसँगै स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगरेको, मन्त्रिपरिषद् विस्तारबारे पार्टी कमिटीमा छलफल नगरेको, राजदूत सिफारिसबारे पार्टीसँग सल्लाह नगरेको लगायतका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग दाहाल-नेपाल पक्ष असन्तुष्ट बनेका छन् ।

यो पनि पढौं

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस्

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ४ : ५९ बजे

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर