म्यारोडोनाको सम्मानमा रंगशालाको नाम परिवर्तन « Khabarhub

म्यारोडोनाको सम्मानमा रंगशालाको नाम परिवर्तन


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नापोलीले क्लबले आफ्नो रंगशालाको नाम परिवर्तन गर्दै म्यारोडोनाको नाममा नामाकरण गरेको छ ।

अर्जेन्टिनाका आक्रमक मिडफिल्डर तथा प्रशिक्षक म्यारोडोनाको निधनपछि क्लबले उनको नाममा रंगशालाको नामाकरण गरेको हो ।

म्यारोडोनाको गत महिनामात्र ६० वर्षको उमेरमा ह्दयघाटका कारण निधन भएको थियो । उनले सिरि ए क्लबलाई सन् १९८७ र १९९० मा शीर्ष डिभिजनको लिग जिताएका थिए ।

नापोली नगर परिषदको प्रस्तावलाई स्वीकृति प्राप्त हुने बित्तिकै सान पाउलो रंगशालालाई डिएगो अर्मान्डो म्यारोडोनाको नाममा रुपान्तरिक हुनेछ ।

नापोलीका मालिक औरिलियो डी लौरेनिटसले म्यारोडोनाको निधनपछि एक खुल्ला पत्रमा रंगशालाको नाम बदल्ने प्रस्ताव गरेका थिए ।

म्यारोडोनाले नापोलीमा ७ वर्ष बिताएका थिए । उनी सन् १९८४ मा बार्सिलोनाबाट नापोली आएका थिए । उनले ईटालीबाट सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप जितेका थिए ।

उनले नापोलीबाट १ सय ८८ खेलमा सहभागीता जनाए । उनले आफ्नो करियरमा सबैभन्दा बढी खेल नापोलीबाट खेले । उनले क्लबका लागि ८१ गोल समेत गरे ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ०२ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय