राजावादीको प्रदर्शनमा उच्च निगरानी | Khabarhub Khabarhub

राजावादीको प्रदर्शनमा उच्च निगरानी


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजावादीहरूले बृहत प्रदर्शनको तयारी गरेका छन् ।

कोरोना महामारीकाबीच भिडभाड गर्न खोजिएको भन्दै धर्ना तथा जुलुस रोक्न गृह प्रशासनले सबै प्रशासन कार्यालयललाई निर्देशन दिए पनि शान्तिपूर्ण प्रदर्शनमा भने हस्तक्षेप नगर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ ।

शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनमा अब निगरानी मात्र बढाउन निर्देशन दिएको सुरक्षा स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौँले लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि अहिलेको परिस्थितिमा महामारी झन् फैलने खतरा भएकाले त्यस्ता गतिविधि नगर्न आह्वान गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले प्रदर्शनमा निस्किँदा कोरोना भाइरसलाई मध्यनजर गरेर सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् ।

प्रदर्शन घोषणा गरेको राप्रपाका नेता राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए कठोर आन्दोलन हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ४५ बजे

नेपाल-वेस्ट इन्डिज ‘ए’ : घरेलु टोलीले फिल्डिङ गर्ने

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा