बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार « Khabarhub

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

बाढीका कारण नदी क्षेत्रमा फसेका एघार महिला र एक पुरुषलाई गएराति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाणगङ्गा नदीमा एक्कासि बाढी आएपछि मानिसहरू फसेका भन्ने सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो । 

उनले भने, ‘नदीमा पानीको बहाव बढेपछि त्यहाँ फसेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार कार्यमा सशस्त्र प्रहरी टोली सक्रिय रूपमा परिचालन भएको थियो ।’

कपिलवस्तु नगरपालिका-६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार, ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा तथा ३७ वर्षीय रेशम परियारको उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ ।
 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ११ : ३६ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न