रेस्टुरेन्टमा तपाईको ‘अर्डर’ पहिले किन पानी दिईन्छ « Khabarhub

रेस्टुरेन्टमा तपाईको ‘अर्डर’ पहिले किन पानी दिईन्छ


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामी कुनै खाना नास्ता या केही चिज खानको लागि जब रेस्टुरेन्ट जान्छौँ त्यहाँ खाना नास्ता वा खानेकुरा अर्डर गर्नुभन्दा अगाडी नै वा अर्डरपछि सर्वप्रथम तपाईको टेबुलमा पानी आईपुग्छ ।

हामीले यस्तो कुरा देखेका पनि छौँ । आफैँले त्यहाँ दिईने पानी पिउँदै आएका पनि छौँ । तर त्यो पानी किन दिईन्छ कहिल्यै सोच्नुभएको छ ।

सामान्य जवाफ छ– तपाईले भन्नुहुन्छ यो एउटा संस्कार हो ।

तर सम्झनुहोस् त – तपाईले चिया या कफि अर्डर गर्नुभयो भने पनि तपाईको टेबुलमा पहिला पानी आईपुग्छ । किन त ? यसको खास कारण छ।

यसै विषयमा आज हामी तपाईलाई जानकारीमूलक एक सामाग्री प्रस्तुत गर्दछौँ ।

चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउन चिकित्सकले बारम्बार भनिरहेका हुन्छन् । यसको कारण के हो भने त्यो पानीले शरीरमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ। त्यसैले डाईटिसियनहरुको यहि ‘रुल’लाई ‘फलो’ गरेर रेस्टुरेन्टले यस्तो संस्कार गर्न थालेका हुन् ।

नास्ता गर्नुभन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने गर्दा यसले नास्ता पचाउन मद्दत गर्छ । यसैले तपाईको टेबुलमा पानी आईपुगेको हो ।

विज्ञहरु भन्छन्, ‘बिहान वा बेलुका खाना खानुभन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने गर्दा ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ।’ यसैले तपाईको टेबुलमा लन्च वा डिनरको समयमा पनि पानी आईपुगेको हो ।

यसबाहेक रेस्टुरेन्टले तपाईलाई पानी दिएर संस्कार ‘सेट’ गर्नुका साथै स्वागत गरेका हुन् । त्यसबाहेक तपाईलाई आफ्नो ‘अर्डर कुर्न’ दिक्क नलागोस् भन्ने मनशाय पनि हुन्छ ।

त्यसो त वजन बढी भएकाहरुले बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउनु एकदमै उत्तम मानिन्छ । यसो गर्नाले ओजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ ।

दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने। यसरी पिउदा शरीरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ।

दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसले शरीरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ।

दिउँसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : ४५ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि