दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने नेकपा सचिवालयको निर्णय | Khabarhub Khabarhub

दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने नेकपा सचिवालयको निर्णय


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुबै अध्यक्षले सचिवालयमा पेश गरेको प्रतिवेदन स्थायी कमिटिमा लैजाने निर्णय गर्दै नेकपा सचिवालय बैठक सकिएको छ ।

बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा आज भएको छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका दुबै प्रतिवेदन भोलि बस्ने स्थायी कमिटिको बैठकमा लगेर छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटिको बैठक निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र त्यसको निवारणसम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय भएको छ ।’

‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत प्रतिवेदनहरु स्थायी कमिटीमा छलफल गरेर अघि बढ्ने कुरा भएको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

स्थायी कमिटीको बैठक पूर्व निर्धारित कार्यसूची अनुसार आइतवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै बस्ने निश्चित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दुई अध्यक्षबीच आज भएको छलफलमा कुनै सहमति नभएको उनले जानकारी दिए।

‘उहाँहरुका बीचमा आज छलफल भयो। छलफल पार्टीको समस्या र समाधानमा केन्द्रित थियो। तर, आजैको छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन र निस्किसकेको छैन्,’ उनले भने, ‘तर, अध्यक्ष कमरेडहरुका बीचमा छलफलको प्रक्रिया पनि बढ्ने छ। आवश्यकता पर्‍यो भने स्थायी कमिटीका बीचमा पनि पार्टीका नेताहरुको बीचमा र सचिवालयको औपचारिक र अनौपचारिक छलफल हुन्छन्।’

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ३२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई