बेलायतपछि बहराइनले पनि दियो कोरोना खोप प्रयोगको स्वीकृति « Khabarhub

बेलायतपछि बहराइनले पनि दियो कोरोना खोप प्रयोगको स्वीकृति


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरस विरुद्ध बनाइएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ ।

फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो ।

बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्विकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ । यसअघि बुधबार बेलायतले यही खोप आपतकालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो ।

देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो ।

प्रयोगका लागि स्वीकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।

त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।

झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराईनमा अहिलेसम्म कोरोनाभाइरसबाट ८७ हजार जना सङ्क्रमित भएका छन् भने ३४१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ३३ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध