मिस नेपाल बनिन् नम्रता, कसले कति पाए पुरस्कार ? (फोटोफिचर) « Khabarhub

मिस नेपाल बनिन् नम्रता, कसले कति पाए पुरस्कार ? (फोटोफिचर)


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन् ।

काठमाडौँकी २२ वर्षीया श्रेष्ठलाई आयोजकले सोधेको प्रश्न–कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’

उनले भनिन्, ‘नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन्।’

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाइन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन पाउनेछिन्।

प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाइन । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाए ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

तस्वीर -रासस

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ५६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : प्रमुख एजेन्डा चुनाव समीक्षा

काठमाडौँ – शुक्रबार सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले