हिमपातले सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प | Khabarhub Khabarhub

हिमपातले सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा–जन्तरधाप–सल्लेरी–फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ ।

शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई सङ्घीय तथा प्रदेश राजधानीसँग जोड्ने उक्त सडकखण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुनः अवरुद्ध भएको थियो ।

शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुङ्गा र सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएको थियो । साँझ करिब ५ बजे १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुनः हिमपात हुँदा सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिए ।

आइतबार बिहानैदेखि सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ । सडकमा आइस जमेका कारण चिप्लो हुने भएकाले सावधानी अपनाउनुपर्ने सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले बताए ।
उनले भने, “आइतबार दिउँसो आंशिक रुपमा सडक खुलेको भए पनि सावधानी भने अपनाउनुपर्ने छ ।”

हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपछी प्रभावित भएका छन् । अत्याधिक हिउँकै कारण वस्तुलाई आवश्यक घाँससमेत सङ्कलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

यस्ता समयमा मौसमी रोगको सम्भावना उच्च हुने भएकाले न्यानो गरी बस्न तथा झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

हवाई सेवा ठप्प

हिमपातसँगै मौसम प्रतिकुल हुँदा हवाई सेवा अवरुद्ध बनेको छ । जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा आइतबार कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

आइतबार बिहान सवा ९ बजे काठमाडौँ फाप्लुको उडान तालिका भएको नेपाल एयरलाइन्सको विमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन काठमाडौँ नै फर्केको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए ।

हवाई सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ ।

टेलिफोन पनि सेवा अवरुद्ध

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बिहीबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

नेपाल टेलिकमको लेण्डलाइन, सिडिएमए र नमस्ते फोन सेवा अवरुद्ध बनेको हो । लुक्ला, चौँरीखर्क, नाम्चेमा बिहीबारदेखि परेको हिउँ अझै नरोकिएको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिए ।

यता नेपाल टेलिकम ओखलढुङ्गाका इञ्जिनीयर रामसरोज यादवले हिमपात बढी भएकाले ब्याकप पावरले काम नगर्दा समस्या आएको बताए । मौसम नखुलेकाले तत्काल समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ३३ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्ला– जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता

हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी

यमन – विद्रोही समूह हाउथीले यमनको होडाइडाहमा अमेरिकाले आक्रमण गरेको

कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन सुझाव

कर्णाली– कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा. भगवान कोइराला

आर्सनलसँगको हारले अप्ठेरोमा चेल्सी

काठमाडौं – इङ्लिस प्रिमियर सीपको आइतबार राति भएको खेलमा आर्सनलले