हिमपातले सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प « Khabarhub

हिमपातले सञ्चार अवरुद्ध, हवाई सेवा ठप्प


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- निरन्तर परेको हिमपातले अवरुद्ध ओखलढुङ्गा–जन्तरधाप–सल्लेरी–फाप्लु सडकखण्ड आंशिक रुपमा खुलेको छ ।

शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई सङ्घीय तथा प्रदेश राजधानीसँग जोड्ने उक्त सडकखण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुनः अवरुद्ध भएको थियो ।

शनिबार दिउँसो शिद्धिचरण नगरपालिका ओखलढुङ्गा र सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडक खुलाएको थियो । साँझ करिब ५ बजे १५ वटा जति जीप ओहोरदोहोर गरेपछि पुनः हिमपात हुँदा सडक अवरुद्ध बनेको ट्राफिक प्रहरी नारायनबहादुर बस्नेतले जानकारी दिए ।

आइतबार बिहानैदेखि सोलुदूधकुण्ड नगरपालिकाको जेसिबीले सडकको हिउँ पन्छाएर सडक खुलाएको प्रहरीले जनाएको छ । सडकमा आइस जमेका कारण चिप्लो हुने भएकाले सावधानी अपनाउनुपर्ने सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी महेन्द्र दर्नालले बताए ।
उनले भने, “आइतबार दिउँसो आंशिक रुपमा सडक खुलेको भए पनि सावधानी भने अपनाउनुपर्ने छ ।”

हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन भने कष्टकर बनेको छ । चिसोबाट बिशेष गरी बुढाबुढी, केटाकेटी र पशुपछी प्रभावित भएका छन् । अत्याधिक हिउँकै कारण वस्तुलाई आवश्यक घाँससमेत सङ्कलन गर्न नसकिएको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

यस्ता समयमा मौसमी रोगको सम्भावना उच्च हुने भएकाले न्यानो गरी बस्न तथा झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

हवाई सेवा ठप्प

हिमपातसँगै मौसम प्रतिकुल हुँदा हवाई सेवा अवरुद्ध बनेको छ । जिल्लाको तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा आइतबार कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

आइतबार बिहान सवा ९ बजे काठमाडौँ फाप्लुको उडान तालिका भएको नेपाल एयरलाइन्सको विमान पत्ताले क्षेत्र पार गर्न नसक्दा पुन काठमाडौँ नै फर्केको नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए ।

हवाई सेवा अवरुद्ध हुँदा जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने बिरामीलाई समस्या भएको बताइएको छ ।

टेलिफोन पनि सेवा अवरुद्ध

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बिहीबारबाट निरन्तर परेको हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

नेपाल टेलिकमको लेण्डलाइन, सिडिएमए र नमस्ते फोन सेवा अवरुद्ध बनेको हो । लुक्ला, चौँरीखर्क, नाम्चेमा बिहीबारदेखि परेको हिउँ अझै नरोकिएको लुक्लाका स्थानीय तोया श्रेष्ठले जानकारी दिए ।

यता नेपाल टेलिकम ओखलढुङ्गाका इञ्जिनीयर रामसरोज यादवले हिमपात बढी भएकाले ब्याकप पावरले काम नगर्दा समस्या आएको बताए । मौसम नखुलेकाले तत्काल समस्या समाधान गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ३३ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको