ए डिभिजन लिग फुटबलः आज एनआरटी र जावलाखेल तथा मनाङ र मछिन्द्र भिड्दै « Khabarhub

ए डिभिजन लिग फुटबलः आज एनआरटी र जावलाखेल तथा मनाङ र मछिन्द्र भिड्दै


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्नेछन् ।

खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ । लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ ।

लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । यो भिडन्त ए डिभिजन लिगकै सबैभन्दा प्रतिक्षित खेलका रुपमा हेरिएको छ ।

किनकी साविक विजेता मनाङमा रहेका अधिकांश खेलाडी यो लिगमा मछिन्द्रबाट खेल्दैछन् । त्यसैल दर्शकका लागि मात्र रोचक भन्दा पनि स्वयं खेलाडी र दुबै क्लबका लागि आफूलाई बलियो प्रमाणित गर्नुपर्ने ठूलो चुनौती छ ।

खेल ३ बजे रंगशालामा हुनेछ । कप्तान विराज महर्जनसहित १२ जना खेलाडीले एकै पटक मछिन्द्रमा जाँदा मनाङ कमजोर भएको आँकलन गरिएको थियो । तर, मनाङ अपराजित रहँदै शीर्ष स्थानमा छ।

कमल श्रेष्ठले नेतृत्व गरिरहेको मनाङलाई आफ्ना पूर्व सहकर्मीहरुसँग जीत हात पार्नुपर्ने मुख्य चुनौती छ । यता नयाँ जोस सहित आएको मछिन्द्रका खेलाडीले पनि जसरी पनि जित्नैपर्ने ‘ईख’ छ । शीर्ष स्थानको मनाङलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई अगाडि बढाउने लक्ष्यमा मछिन्द्र छ ।

यी दुई टोलीले जुनसुकै हालतमा पनि जित हात पार्ने योजनामा छन् । यस खेललाई दुबै क्लबका लागि ‘प्रतिष्ठा’को लडाईका रुपमा समेत हेरिएको छ ।

समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

शनिबार देखि शुरु हुनुपर्ने पाँचौ चरणका खेल वर्षाका कारण सोमबारका लागि सारिएका हुन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ०५ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा