इराकको संसदद्वारा अमेरिकी फौजलाई देशबाट हटाउने प्रस्ताव पारित « Khabarhub

इराकको संसदद्वारा अमेरिकी फौजलाई देशबाट हटाउने प्रस्ताव पारित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ ।

इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो ।

इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र जल क्षेत्रको प्रयोगमा रोकियोस् ।

इराकको संसदले सरकारलाई अमेरिकी सेनाबाट प्राप्त सबै सहयोग बन्द गर्न पनि आह्वान गरेको छ ।

अल अरेबियाका अनुसार इराकको संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्यो चाँडो इराकमा विदेशी सैनिकको उपस्थित अन्त्य गर्नुपर्ने बताएका थिए । इराकका प्रधानमन्त्रीले इरानी सैन्य कमाण्डरको हत्या एक राजनीतिक हत्या भएको बताए ।

तर यो प्रस्ताव बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिमाथि यो प्रस्तावले केही असर पर्ने छैन । यदी विदेशी सैनकिलाई सैनिकलाई इराकबाट बाहिर पठाउने हो भने यसका लागि नयाँ कानून ल्याउन आवश्यक हुन्छ जसको माध्यमबाट सम्झौता समाप्त हुन सकोस् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ३९ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने