सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ « Khabarhub

सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले सामुदायिक वनका अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई १ लाख ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सामुदायिक वन क्षेत्रभित्र पर्ने कानीखोला पुल नजिकबाट माटो झिकेको भन्दै लिएको घुससहित अध्यक्ष थापा र कोषाध्यक्ष सिंह पक्राउ परेका हुन् ।

दुवै जनालाई घुस लिइसकेको अवस्थामा सामुदायिक वनको कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुससहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर (महेन्द्रनगर) कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  २ : ५७ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई